घोराही, ५ मंसिर–दाङको तुलसीपुरमा २६ जना हतियार सहित पक्राउ परेका छन् । तुलसीपुरको वेष्टन प्यालेस होटलमा प्रहरीले बुधबार विहान छापा पारेर २६ जनालाई हतियार सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट खुकुरी, तरवार र खुडालगायत हतियार बरामद भएको छ ।
उनीहरुबारे थप अनुसन्धान शुरु गरिएको दाङका प्रहरी प्रमुख शरदकुमार खत्रीले जानकारी दिए । पक्राउ परेका सबैलाई घोराही ल्याएर हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइने खत्रीको भनाइ छ ।