काठमाण्डु, ३ मंसिर– नेपाली सेनाले ४५ दिनको लागि मात्र भारतबाट हेलिकप्टर ल्याएको छ । नेपाल सरकारको आग्रहमा भारतले संविधानसभा निर्वाचनका लागि दुई वटा साना हेलिकप्टर दिएको हो ।
भारतीय दुसतावासका अनुसार हिन्दुस्तान एरोनोटिक लिमिटेडमा निर्मित हेलिकप्टर ४५ दिनको लागि नेपाली सेनालाई उपलब्ध गराएको हो । शुक्रबार नै ती दुई हेलिकप्टर काठमाण्डु ल्याइसकेको छ ।
सो हेलिकप्टर चलाउनका लागि चार जना नेपाली सेनाका पाइलटलाई तालिम दिइसकेको सेनाले जनाएको छ । त्यस्तै भइपरि आउँदा हेलिकप्टर मर्मत गर्न १५ जनाको टोली पनि तयार पारेको बताइएको छ ।