काभ्रे, ३ मंसिर– नेकपा–माओवादीको बनेपा नगर इन्चार्ज सौरभ कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कायस्थलाई प्रहरीले पक्राउ गरेको हो ।
आइतबार राति उनलाई प्रहरीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ । निर्वाचन बिथोल्ने उद्देश्यले भैरहेका गतिविधि नियन्त्रणकालागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।