
सिरहा, २९ कात्तिक– एमाले अध्यक्ष झलनाथ खनालले बहुपहिचानसहितको सात प्रदेश एमालेको एजेन्डा भएपनि त्यसमा पुनःविचार गर्न सकिने बताउनुभएको छ ।
उनले भने, ‘निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउँछ हेर्नुछ । त्यसपछि सङ्घीयताको बहस नयाँ रुपले गर्न तयार छु ।’ सिरहा–५ का एमाले उम्मेदवार लीलानाथ श्रेष्ठको निवासमा प्रेस चौतारीद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भाषा, भूगोल र जातीयताको आधारमा सङ्घीय राज्य छुट्याउन सम्भव उनले जिकिर गरे ।
अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादी देशको ठूलो शक्ति भएकोले संविधान बनाउन नसकेको जिकिर गर्दै उनले अब देशको नेतृत्व एमालेको काँधमा आएको छ ठोकुवा गरे ।