
नेपालगन्ज, २८ कात्तिक– बाँकेको कोहलपुरमा एकजनाको हत्या भएको छ । स्थानीय वीरबहादुर बिसीको घरमा भएको विवादमा २३ वर्षीय पूर्ण कुँवरको हत्या भएको हो ।
बिसीले छिमेकीलाई खाना खुवाउन बुधबार राती आफ्नो घरमा बोलाएको र आपसी विवादमा छुरा प्रहारबाट कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय चित्रबहादुर कुँवर र थलवीर कुँवर घाइते भएका छन् । उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।
विसी भने फरार रहेको र उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।