मुस्लिम संगठनले मागे हिन्दू राष्ट्र

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते १:४३ मा प्रकाशित

विराटनगर, २८ कात्तिक–विराटनगरका मुस्लिम समुदायले नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गरेका छन् । विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागी मुस्लिम अगुवाहरुले नेपाल हिन्दू राष्ट्र भएमात्र मुस्लिम समुदाय सुरक्षित हुने धारणा गरे ।

राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम सङ्गठन नेपालले रानीमा बुधबार आयोजना गरेको मुस्लिम भेलामा संगठनका केन्द्रीय सदस्य मोहम्मद मुस्लिम मिया“ले सदियौंदेखि नेपाली मुसलमान र हिन्दू मिलेर बस्दै आएकोमा दलीय स्वार्थका कारण नेताहरुले देशलाई धर्मनिरपेक्ष घोषणा गरेर मुस्लिमलाई समेत सङ्कटमा पारेको आरोप लगाए ।

यस्तै रानीस्थित मस्जिदका मौलाना अहमदले राजासहितको प्रजातन्त्रले मात्र सबैको भलो हुने दावी गरे ।

कार्यक्रममा राप्रपा नेपालका मोरङ जिल्ला अध्यक्ष डम्मरबहादुर कार्कीले नेपालको एकीकरणमा समेत मुस्लिमको ठूलो योगदान रहेको चर्चा गरेका थिए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us