
काठमाण्डु, २७ कात्तिक– नेपाली सेनाले दुई वटा हेलिकोप्टर खरिद प्रक्रिया सुरु गरेको छ । सरकारले राष्ट्रको सुरक्षा र प्रतिरक्षाका लागि उपयुक्त हुने दुई थान हेलिकप्टर खरिद गर्ने स्वीकृति दिएपछि सेनाले प्रक्रिया सुरु गरेको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालको विकट भौगोलिक अवस्था र प्रतिकुल मौसममा समेत उडान भर्न सक्ने मिलिटरी भर्सनको हेलिकप्टर खरिद प्रक्रिया सुरु गरिएको हो । यस हेकिप्टर ल्याइएपछि नेपाली सेनाको अपरेशनल, बन्दोबस्ती र विपद् व्यवस्थापन जस्ता महत्वपूर्ण कार्य सम्पादनमा असरदारिता र प्रभावकारीता बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
गत कात्तिक १४ गते मन्त्रिपरिषदको बैठकले सेनालाई स्वीकृति दिएको थियो ।