चिनियाँ नेता सिलाइका समर्थकबाट नयाँ पार्टी गठन

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ५:२६ मा प्रकाशित

bo_xilai_chinaकाठमाण्डु, २६ कात्तिक–भ्रष्टाचार अभियोगमा चीनमा जेल जीबन विताईरहेका कम्युनिष्ट पार्टीका पूर्व बरिष्ठ नेता बो शिलाईका समर्थकहरुले ‘शि चियान’ नामको नयाँ पार्टी गठन गरेका छन् । नवगठित पार्टीले चीनको अर्थतन्त्रमा सहयोग गर्ने र देशमा संविधान पुर्नबहालीका लागि पहल गर्ने उद्देश्य लिएको छ ।

चीनमा संविधान विपरीत गतिविधि तीव्र भइरहेकाले संविधान रक्षाका लागि नयाँ पार्टी गठन गरिएको सो पार्टीका नेता प्रोफेसर वांग चेंगले जानकारी दिए । यसअघी बोले चीनका गरीब र निमुखा जनताको आर्थिकस्तर उकास्न गरेको योगदानको स्मरण गर्दै नयाँ पार्टीको उद्देश्य पनि सोही लिइएको वांगको भनाई छ ।

नयाँ राजनैतिक पार्टी गठनले चीनको कम्युनिष्ट पार्टीलाई खुला रुपमा चुनौती दिने विश्लेषण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us