आत्मदाह गर्ने तिब्बतीको मृत्यु

काठमाण्डु टुडे २०७० साउन २२ गते ४:३३ मा प्रकाशित

काठमाण्डु २२ : साउन बौद्धस्तुपाको अध्यारो कुनामा आत्मदाह गरेका ४२ बर्षका तिब्बति शरणार्थीको मृत्यु भएको छ । आत्मदाह गरेका ती तिब्बती त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले मृत घोषणा गरेको हो । बौद्धस्तुपा भित्र बिहान पौने आठ बजे ती व्यक्तिले आफनो शरिरमा आगो लगाएपछि स्थानीय बासिन्दा र प्रहरीले आगो निभाएर उनलाई नियन्त्रणमा लिइ अस्पताल पुरयाएका थिए । स्वतन्त्र तिब्बतका पक्षपातीले पटक पटक आत्मदाह गरेका कारण अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । शिक्षण अस्पताल पुरयाउनु अघि ती तिब्बतीलाई ओमअस्पताल चावहिल पुरयाइएको थियो । गत बर्ष पनि एक तिब्बतीले बौद्धमा आत्मदाह गरेका थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us