
काठमाण्डु, १९ कात्तिक– एटीपी वर्ल्ड टुर टेनिसमा हुवा मार्टिन डेलपोर्टोले विजयी सुरुआत गरेका छन् । सोमबार राती लण्डनमा भएको खेलमा चौथो वरियताका डेलपोर्टोले रिचार्ड गास्केटलाई ६–७, ६–३ र ७–५ को सेटमा पराजित गरेका हुन् ।
अर्जेन्टिनी डेलपोर्टोले पछिल्लो १८ खेलमा १६ जित हात परेका छन् ।
समूह ‘बी’को अर्को खेलमा आज नोभाक जोकोभिच र रोजर फेडेरर भिड्नेछन् ।