
काठमाण्डु, १७ कात्तिक– इङ्लिस प्रिमियर लीग फुटबलको पछिल्लो खेलमा आर्सनल, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सीटी विजयी भएका छन् । आर्सनलले लिभरपुललाई २–० ले हराएको छ । यो जितसँगै लिभरपुलले लीगमा दोस्रो स्थानको चेल्सीसँगको दुरी पाँच अंकले बढाएको छ । १० खेलबाट आर्सनलले २५ अंक बटुलेको छ ।
दोस्रो स्थानको चेल्सीले भने न्यूक्यासलसँग २–० ले हार व्यहोरेको छ ।
शनिबार राती नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले फुलहामलाई ३–१ ले हराएको छ । म्यान्यूले खेल शुरु भएको २५ मिनेट भित्रै ३–१ को अग्रता लिएको थियो ।
शनिबार राती नै म्यानचेष्टर सीटीले नर्विचलाई ७–० को पराकिलो अन्तरले हराएको छ ।