
काठमाण्डु, १५ कात्तिक–अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको १५ औं राष्ट्रिय महिला फुटबल प्रतियोगितामा उपाधि लागि नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीबल एपिएफबीच शुक्रबार प्रतिस्पर्धा हुँदैछ ।
मकवानपुरको हैटौडास्थित गौरीटारको खेल मैदानमा दिउँसो ३ बजे हुने फाइनल खेलमा पुलिस र एफीएफ भिड्न लागेका हुन् । सेमिफाइनल खेलमा पुलिसले आर्मीलाई र एफीएफले कैलालीलाई पराजित गर्दै फाइनलको स्थान सुरक्षित गरेका हुन् ।
देशभरका विभिन्न २५ जिल्ला र ३ विभागीय टोलीसहित २८ टिमको सहभागिता रहेको प्रतियोगिताको विजयी टिमले नगद ३ लाख सहित ट्रफि, पदक र प्रमाणपत्र, उपविजेता टिमले १ लाख ५० हजार, पदक र प्रमाण पत्र र सेमिफाइनल खेल्ने टिमले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट ४ खेलाडि र एक प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ ।
नवलपरासीमा उदघाटन गरिएको प्रतियोगिताको समापन हेटौंडामा हुने जिल्ला फुटवल संघ मकवानपुर अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।