
कास्की, १३ कात्तिक– पोखरा रंगशालामा जारी तेस्रो सफल पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलबाट मनाङ मस्र्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ ।
मनाङले विभागीय टिम नेपाल आर्मी क्लबलाई बुधबार २–१ को गोल अन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको हो । खेलको १२ औं मिनेटमा दीपक राईले गोल गर्दै मनाङले आर्मीलाई दवावमा राख्न सुरु गरेको थियो ।
तर खेलको ३३ औं मिनेटमा आर्मीले पेनाल्टीको अवसर सदुपयोग गर्दै राजु तामाङको गोलबाट बराबरीमा पु¥याए । खेलको अन्तिमतिर आएर विशाल राईले गोल गर्दै मनाङको जित निश्चित गरे ।
मनाङले विहिबार हुने हिमालयन शेर्पा र थ्री स्टार क्लबबीचको सेमिफाइनल खेलको विजयी टिमसँग शनिबार फाइनल खेल खेल्नेछ ।