काठमाण्डूमा घर भाडा महँगो भएको भन्दै रमेश प्रसाईंले उठाए प्रश्न

काठमाण्डु टुडे २०८३ असार ३० गते १३:४६ मा प्रकाशित

काठमाण्डू, ३० असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले काठमाण्डूमा घर भाडा महँगो भएको भन्दै संसद्‍मै प्रश्न उठाएका छन ।

आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद प्रसाईंले यस्तो प्रश्न उठाएका हुन । उनले प्रश्न गर्दै भने, ‘हामी जस्ताले भाडा तिरेरै हजारौं घरबेटीको घर चलेको छ ।

तर सानो कोठाको भाडा आठ हजार, ९ हजार, १० हजार कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ ?’ घरभाडा निर्धारणमा घरबेटीको इच्छा बाहेक अर्को मापदण्ड नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरेका हुन् ।

भएको मापदण्ड पनि लागु नभएको उनले बताएका छन । रास्वपा सांसद प्रसाईंले यो सामान्य विषय नभएको समेत बताए ।

यो दूरदराजबाट आएर घरबाट खर्च मगाएर पढ्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर र निम्नवर्गसँग प्रत्यक्ष सरोकार भएको विषय भएको बताएका छन । सरकारले बहाल कर उठाउने तर घरभाडाको वैज्ञानिक मापदण्ड तोक्ने काममा नलागेको भनेर उनले ध्यानाकर्षण गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us