पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन

काठमाण्डु टुडे २०८३ असार २९ गते १३:१३ मा प्रकाशित

काठमाण्डू, २९ असार– पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । ७८ वर्षीय पोखरेलको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । पोखरेल २०५५ साल वैशाखदेखि २०५७ साल कात्तिकसम्म गृह मन्त्रालयको सचिव थिए । पोखरेलका एक छोरा र तीन छोरी रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us