मिडिया हाउस अगाडि बेवारिसे गाडी, छानबिनमा जुट्यो प्रहरी

काठमाण्डु टुडे २०८३ असार २९ गते १२:५० मा प्रकाशित

काठमाण्डू, २९ असार– तीनवटा मिडिया हाउसको कार्यालय अगाडि निजी गाडी बेवारिसे अवस्थामा राखिएको विषयमा प्रहरी छानबिनमा जुटेको छ ।

अनलाइन खबर, हिमालयन टीभी र कान्तिपुरको कार्यालय अगाडि गेटमा अवरोध हुने गरी निजी नम्बर प्लेटको गाडी बेवारिसे अवस्थामा राखिएको छ ।

अनलाइनखबरका कर्मचारीले दिएको जानकारी अनुसार बिहान करिब ७ बजेतिरै अज्ञात व्यक्तिले बुद्धनगरस्थित कार्यालयको गेटैमा कार पार्क गरेर हिँडेका थिए ।

उक्त कारले गर्दा अन्य गाडी कार्यालयभित्र छिराउन सकिएको छैन । कार चालकको पनि पत्तो छैन । अनलाइनखबर कार्यालयमा पुगेको प्रहरीले चालक र धनीलाई खोजेर नियन्त्रणमा लिने प्रयास गरिरहेको काठमाण्डूका प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन ।

अन्य मिडिया हाउसबाट पनि सूचना आएको र प्रहरीले गाडी हटाएर छानबिन गर्ने उनले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us