विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले दिए पदबाट राजीनामा

काठमाण्डु टुडे २०८३ असार २३ गते १४:२४ मा प्रकाशित

काठमाण्डू, २३ असार– फिफा विश्वकप २०२६ बाट बाहिरिएिछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन ।

फिफा विश्वकपको अन्तिम–१६ मा स्पेनसँग १–० ले पराजित भएपछि पोर्चुगलका मुख्य प्रशिक्षक मार्टिनेजले आफ्नो कार्यकाल समाप्त भएको घोषणा गरेका हुन् ।

साथै, उनले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिँदै क्रिस्टियानो रोनाल्डोको प्रशंसा समेत गरेका छन् । उनले भने, ‘यस विश्वकपमा उनको प्रयासको लागि हामीले उनलाई धन्यवाद दिनुपर्छ ।’

रोनाल्डोले विश्वकप जित्नका लागि उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताए । ‘उनको सपना विश्वकप जित्नु थियो र त्यो हासिल गर्न उनले उत्कृष्ट उदाहरण प्रस्तुत गरे, मार्टिनेजले भने ।

रोनाल्डो फुटबलका एक आइकन भएको बताउँदै उनले भने, ‘उनी फुटबलका एक आइकन हुन् र यस महान खेलाडीको पछाडि रहेको मानवताको एक उत्कृष्ट उदाहरण हुन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us