काठमाण्डू, १४ असार– डोल्पाको सुलीगाड खोलामा बेवारिसे शव भेटिएको छ । जिल्लाको शे–फोक्सुण्डो गाउँपालिका–८ छेप्कास्थित सुलीगाड खोलामा आइतबार बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
प्रहरीका अक्सर स्थानीयवासीले आइतबार बिहान करिब ११ बजेतिर खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई सूचना प्राप्त नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिएका छन ।
घटनास्थलमा प्रहरी पुगेपछि मात्रै शवको पहिचान खुल्ने र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।