ट्युनिसियाविरुद्ध जापानको सानदार जित

काठमाण्डु टुडे २०८३ असार ७ गते १३:१३ मा प्रकाशित

काठमाण्डू, ७ असार– फिफा विश्वकप–२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा जापानले ट्युनिसियाविरुद्ध सानदार जित निकाल्न सफल भएको छ ।

स्टाडियो मोन्टेरीमा भएको खेलमा जापानले ट्युनिसियाविरुद्ध ४–० ले को जित निकालेको हो । जापानले खेलको चौथो, ३१औँ, ६९औँ र ८३औँ मिनेटमा गोल गर्‍यो ।

समूह ‘एफ’को खेलको चौथो मिनेटमै जापानका दाइची कामाडाले पहिलो गोल गर्दै अग्रता बनाएका थिए । दाइची कामाडाले चौथो र आयसे युएदाले ३१औँ र ८३औँ मिनेटमा गोल गरेका हुन् ।

त्यसैगरी जुनियले ६९ औँ मिनेटमा गोल गरे। यो जितसँगै जापानको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ। दुई खेलबाट जापानको ४ अंक भएको छ ।

सो समूहबाट नेदरल्यान्ड्सको पनि समान ४ अंक छ । ३ अंक रहेको स्विडेन तेस्रो र अंकविहीन अवस्थामा ट्युनीसिया पुछारमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us