पद पाइन भने पार्टी छोडिदिन्छु भन्नेहरूको बिगबिगी छः विपिन आचार्य

काठमाण्डु टुडे २०८३ जेठ ३१ गते १४:५२ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिन आचार्यले पार्टीमा पद प्राप्त गर्न खोज्नेहरुको बिगबिगी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन । चुनावमा टिकट नदिए पनि पार्टीलाई माया गरेर क्रियाशील भइरहनु पर्नेमा पदीय भूमिका खोज्ने क्रम बढेको समेत सहमहामन्त्री आर्चायले जानकारी दिए ।

‘यहाँ त चार वर्षमा मन्त्री पाएन भने पार्टी नै छोडिदिन्छु भन्ने साथीहरुको विगविगि छ,’ लुम्बिनीको प्रदेश अधिवेशनमा आचार्यले भने,‘अथवा, चार वर्षमा सभापति बन्न पाइन भने सभापति त कामै लाग्दैन ।

अर्को पार्टी तिर जानु पर्छ कि भन्ने लाग्छ । यो सहि हो र ?’पुराना दलबाट धैर्यता सिक्न पार्टीका कार्यकर्तालाई आचार्यले सुझाव दिए । पुरानो पार्टीमा धैर्यता भन्ने कुरा गजब रहेको उल्लेख गर्दै आचार्यले भने, ‘ ३०–३५ वर्ष पछाडि टिकट पाउँदा खेरि पनि त्यो पार्टी प्रति माया थियो उनीहरूलाई ।

आज हामी चार वर्षमा भनेको जस्तो पद पाएनौँ भने अब त मेरो पोलिटिकल करियर सकिहाल्यो कि भनेको जस्तो गर्छौं ।’आफूबाहेक अरु कोही पनि सहि नलाग्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए । आफूबाहेक अर्को व्यक्ति पदमा गए देशरपार्टी विग्रन्छ भन्ने भावना नराख्न उनले कार्यकर्तालाई आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us