कूटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सांसदहरूको सुझाव

काठमाण्डु टुडे २०८३ जेठ २० गते १५:२८ मा प्रकाशित

काठमाण्डू, २० जेठ– राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य रहेको बताएका छन ।

आज (बुधबार)को राष्ट्रियसभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसदहरूले सीमा सम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई यस्तो सुझाव दिएका हुन ।

कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल–भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए । उनले भने, ‘यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद विष्णुबहादुर विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने समेत बताएका छन ।

एमालेका सांसद सम्झना देवकोटाले नेपाल–भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us