ओलीकै अगाडि विष्णु पौडेलले भनेः फागुनको निर्वाचनमा एमालेले इतिहासकै ठुलो धक्का खायो

काठमाण्डु टुडे २०८३ जेठ २० गते १३:५१ मा प्रकाशित

काठमाण्डू, २० जेठ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले गत फागुन २१ मा भएको निर्वाचनमा एमालेले इतिहासकै सबैभन्दा ठुलो धक्का खाएको बताएका छन ।

आज (बुधबार) बाट काठमाण्डूमा एमालेको केन्द्रीय सङ्गठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन । ‘जनतासँगको पार्टीको सम्बन्ध टुटेको छ ।

तर हामी फेरी जुरमुराएर अघि बढ्छौ’, उपाध्यक्ष पौडेलले भने, ‘गत निर्वाचनमा हामीले इतिहासको सबभन्दा ठुलो धक्का खायौँ । त्यो निर्वाचनको पराजय एमालेको इतिहासकै सबैभन्दा ठुलो पराजय हो ।

तर हामी धुलो टकटकाएर भए पनि उठ्छौँ ।’ उनले पार्टी सदस्यताको प्रश्न महत्त्वपूर्ण हुने पनि बताए । ‘पार्टी सदस्यताको प्रश्न पार्टी निर्माणको महत्त्वपूर्ण आधार हो’, पौडेलले भने, ‘सदस्यहरू कस्ता हुन्छन् त्यसका आधारमा पार्टीको भविष्य निर्धारण हुन्छ ।’

उनले सदस्यहरू सङ्गठित, क्रियाशील भए मात्र लक्ष्य हासिल गर्न नसकिने भन्दै विचारसँग पनि जोडिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us