कांग्रेसले छाया सरकार बनाएको भन्नु गलतः भीष्मराज आङ्देम्बे

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १२:५९ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीले ‘छाया मन्त्रिपरिषद्’ गठन नगरेको बताएका छन ।

कांग्रेस संसदीय दलको विधानअनुसार १८ वटा मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकिएको भन्दै उनले त्यसलाई छाया सरकार वा छाया मन्त्रिपरिषद् भन्न नमिल्ने बताएका छन ।

आङ्देम्बेका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँट गरिएको हो, जसको उद्देश्य संसदीय कामलाई प्रभावकारी बनाउनु मात्र हो, सरकारको विकल्पका रूपमा समानान्तर संरचना खडा गर्नु होइन ।

उनले पहिले नेपाली राजनीतिमा ‘छाया सरकार’ भन्ने शब्दावली प्रयोग हुने गरेको भए पनि अहिले कांग्रेसले त्यस्तो संरचना नबनाएको स्पष्ट पारे । उनले भने, ‘हामीले बनाएको छाया सरकार होइन । संसदीय दलको विधानअनुसार विषयगत समिति संयोजक तोकिएको हो ।

पहिले छाया सरकार भन्थे, अहिले त्यस्तो होइन ।’ कांग्रेसले छाया सरकार बनाएको भनेर समाचारहरू सार्वजनिक भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us