काठमाण्डु- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा माग गर्दै काठमाण्डूमा प्रदर्शन गरिएको छ ।
संयुक्त विद्यार्थी संगठनको आयोजनामा सोमबार साँझ काठमाण्डूको प्रदर्शनीमार्गमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारी र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।
प्रदर्शनकारीले राष्ट्घाती प्रधानमन्त्री राजीनामा दे, भारतीय दलाल होसियारजस्ता नारा लगाएका थिए । उनीहरुले प्रधानमन्त्री शाहको राजीनामासमेत मागेका थिए ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा नेपालले भारतको भूमि अतिक्रमण गरेको विवादित अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिको सवत्र्र विरोध भइरहेको छ ।