कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो प्रतिनिधिसभा बैठक

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १८:१३ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित गरीएको छ ।

आज (सोमबार) बसेको बसेको दोश्रो बैठकमा पनि नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको हो ।

दोश्रो बैठक सुरु हुनेबितिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुख डोल प्रसाद अर्यालले कानून निर्माण गर्ने महत्त्वपूर्ण थलोमा रहेकाले सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे । उनले आजका लागि तय भएको सबै कार्यसूची हटाइएको घोषणा गरे ।

त्यस लगत्तै संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन भएको जानकारी गराए र, बैठक स्थगित भएको जानकारी गराए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us