काठमाण्डू, १८ जेठ– संसद्मा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन गर्ने विषयमा छानबिन समिति गठन गरीएको छ ।
प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले ७ दिनभित्र प्रतिवेदन तयार पार्नेगरी समिति गठन भएको जानकारी दिएका छन । प्रतिवेदन प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम ४ बमोजिम आवश्यक कारबाही अघि बढाउन सकिने पनि उनले जानकारी गराए ।
उनका अनुसार, प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो ।