सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिको प्रमाण पेस गर्न राप्रपाको माग

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १५:१८ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– राष्ट्रिय प्रजातनन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भन्दै बोलेको अभिव्यक्तिको प्रमाण पेस गर्न माग गरेको छ ।

सोमबारको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि प्रधानमन्त्रीको अभिव्यक्ति जिम्मेवार पनि हुने पनि बताएका छन ।

उनले अनुमानका आधारमा चिया पसलमा गरिएको जस्तो कुरा नगर्न पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन । उनले भने, ‘अनुमानको आधारमा राष्ट्र चल्दैन भावनाको आधारमा चल्दैन ।

प्रमाण पेस गर्न म अनुरोध गर्छु, ‘प्रधानमन्त्रीले तथ्यबिना बोलिएको रेकर्डहरू हटाउन माग गर्दछु । यो चिया पसल होइन । नेपालले भारतको सीमा मिचेको कुरा प्रमाण पेस गर्न आग्रह गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us