टिप्परको ठक्करबाट बाबु–छोराको मृत्यु

काठमाण्डु टुडे २०८३ जेठ १८ गते १४:४१ मा प्रकाशित

काठमाण्डू, १८ जेठ– दाङको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमराज पराजुलीले जानकारी दिएका छन ।

सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएकी छन । सोमबार बिहान ६ बजे तुलसीपुरको गुल्म चोकमा रा–१ ख २१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा–४ प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी नायब उपरीक्षक पराजुलीका अनुसार घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us