काठमाण्डू, ३० वैशाख- पूर्वअर्थमन्त्री रामेश्वर खनालले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संसद् बैठकमा नआएकामा विरोध जनाएका छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत खनालले बालेनको कमदलाई राम्रो मान्न नसकिने उल्लेख गरेका हुन् ।
निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहनुलाई राम्रो मान्न नसकिने खनालको भनाइ छ ।
‘निर्वाचन पछिको पहिलो संसद अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री स्वयम् उपस्थित हुन नचाहनुलाई राम्रो मान्न सकिएन । पूर्ण विराम,’ खनालले लेखेका छन् ।
नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नभएको विरोधमा विपक्षी दलहरुले बुधबार पटकपटक संसद अवरुद्ध गरेका थिए । प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नातर्फबाट जवाफ दिने भन्दै सभामुख डिपी अर्याललाई लिखित जानकारी गरएका थिए ।