प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित हुन रुलिङ गर्न कांग्रेसको माग

काठमाण्डु टुडे २०८३ वैशाख ३० गते १५:०७ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा आएर जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गर्न माग गरेको छ ।

आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रुलिङका लागि सभामुख डीपी अर्याललाई आग्रह गरेका हुन् ।

यसबारे सभामुख अर्यालले रुलिङभन्दा पनि संवाद गरेर अघि बढ्नुपर्ने बताए । सभामुखले आजको कार्यसूचीमा प्रधानमन्त्री उपस्थित हुन सम्भव नरहेको र रुलिङ नगर्ने संकेत गरेपछि कांग्रेसका सांसदहरूले उठेर सदन अवरोध जारी राखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us