पूर्णबहादुर खड्काले बोलाएको भेलामा कांग्रेसका को–को पुगे ?

काठमाण्डु टुडे २०८३ वैशाख १५ गते १३:३० मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ । काठमाण्डूको धुम्बाराहीस्थित होटल स्मार्टमा केहीबेरदेखि सो समूहका नेताहरू बैठकमा जुटेका हुन ।

बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरु सहभागी भएका छन् ।

बैठकमा सहभागी हुन शीर्ष नेताहरू रमेश लेखक, शशांक कोइराला, सुजता कोइराला, पूर्णबहादुर खड्का, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, विजय गच्छदार, प्रकाशशरण महत, कृष्णप्रसाद सिटौला, एनपी सावद लगायत सहभागी छन् ।

त्यस्तै, मोहन बस्नेत, रामहरि खतिवडा, डिला संग्रौला, वीरबहादुर बलायर, अम्बिका बस्नेत, कान्तिका सेजुवाल, नैनसिंह महर, कल्याण गुरुङ, कुन्दनराज काफ्ले, गुरु बराल, कान्छाराम तामाङ, उमाकान्त चौधरी, दुर्लभ थापा, रणबहादुर रावल, जीवनबहादुर शाही, लक्ष्मी खतिवडा पनि बैठकमा सहभागी छन् ।

यसअघि ६ वैशाखमा यही ठाउँमा भेला बोलाएर खड्काको समूहले पर्ख र हेरको रणनीति अपनाउने निष्कर्ष निकालेको थियो । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिन्छन् ।

उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए । तर, सर्वोच्चले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्नो समूहका नेताहरुसँगको बैठक र छलफल जारी राख्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us