मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण

काठमाण्डु टुडे २०८३ वैशाख १२ गते १९:४८ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– काठमाण्डूको मनोहरा स्थित सुकुम्बासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण ष्रेका हुन ।

उनको नाकमा सामान्य चोट लागेको छ । क्यामेराको मेमोरी कार्ड पनि स्थानीयले खोसेका छन् । सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने पुगेका उनीमाथि त्यहाँ आक्रोशित समूहले आक्रमण गरेको थियो ।

दिउँसो थापाथली र सिनामंगल खाली गराउँदा अवस्था शान्त थियो । तर मनोहरामा सुरक्षाकर्मीहरूको टोली डोजरसहित पुगेपछि स्थानीयहरू आक्रोशित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us