काठमाण्डू, १२ वैशाख– सरकारले सुकुम्वासी बस्ती हटाएको छ । बस्ती हटाएपछि अहिले सरकारले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा तथ्याङ्क सङ्कलन जारी छ ।
अहिलेसम्म २३ परिवारले नाम टिपाएका छन्। रङ्गशालामा आउने सुकुम्वासीहरूको तथ्याङ्क सङ्कलन उपत्यका विकास प्राधिकरणले गर्दै छ । थापाथली, गैरिगाउँ लगायतका स्थानबाट सुकुम्वासीहरू होल्डिङ सेन्टरमा आउने क्रम जारी रहेको छ ।
यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाण्डू महानगरपालिका–११ को बबरमहल, ३१ को भीमसेनगोला र ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला गरिएको छ। होल्डिङ सेन्टरमा आएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था पनि सरकारले मिलाएको छ।