काठमाण्डू,२० चैत– नेपाली कम्युनिस्ट पार्टीले सभामुख पदमा आफ्नो उम्मेदवारी नदिने भएको छ । नेकपाले सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डीपी अर्याललाई समर्थन गर्ने जनाएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सभामुख पदमा उम्मेवारी नदिने जानकारी दिए । ‘संसदमा दुई तिहाइ बहुमतसहितको रास्वपाले सभामुख पदमा उम्मेदवारी दिनु स्वाभाविक छ ।
त्यसमा हाम्रो समर्थन रहन्छ,’ दुलालले भने । रास्वपा उपसभापति डीपी अर्यालले सभामुख पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् । नेपाली कम्युनिस्ट पार्टीले उपसभामुख पदमा भने दाबी गरेको छ । सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने नेकपाका एक नेताले जानकारी दिएका छन ।