काठमाण्डू,२० चैत– गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेहरुलाई भेटेका छन । गृहमन्त्री गुरुङले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् ।
चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् ।
निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरेका थिए ।