रास्वपाले चुनाव जित्नुमा नेपाली सेनादेखि कर्मचारीसम्मलाई एमालेले लगायो दोष

काठमाण्डु टुडे २०८२ चैत १९ गते १५:३६ मा प्रकाशित

काठमाण्डू, १९ चैत– एमालेले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपा पहिलो पार्टी हुनुमा विभिन्न क्षेत्रमाथि आरोप लगाएको छ ।

आज (बिहिबार) बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता रामबहादुर थापाले रास्वपा पहिलो दल बन्नुमा नेपाली सेनादेखि बारबरा फाउन्डेसनसम्मलाई दोष लगाएका हुन् ।

एमाले सांसद थापाले भने, ‘यो सबै परिणामका पछाडि मुख्यतस् नेपाली सेना, ब्युरोक्रेसी, सुशीला सरकार र बारबरा फाउन्डेसन विजयका आधारहरू हुन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us