
प्रतिनिधिसभा बैठक – उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ, २८ असार ः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त प्रस्ताव राखेपछि पार्टीगत धारणा राख्दै उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । तस्बिर ः रत्न श्रेष्ठ÷रासस
काठमाण्डू, १९ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब संख्याकै बलमा प्रतिशोध र अत्याचार नहुने बताएका छन ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले आस्थाकै आधारमा अब कसैलाई पनि फरक व्यवहार नहुने बताएका छन । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हिजो आफ्नालाई बचाउन र विपक्षीलाई फसाउन कानुन नै संशोधन गरिएको छ ।
र अध्यादेश पनि ल्याइएको छ, ‘त्यस्ता गलत क्रियाकलाप यथाशिघ्र सच्याइनेछ । प्रतिपक्षीमाथि अहंकार र प्रतिशोधको त्यो अध्याय अब दोहोरिने छैन । आस्थाका आधारमा फरक व्यवहार अब दोहोरिने छैन ।’
साथै, अन्यायपूर्वक विधि नै मिचेर कसैको माइक नकाटिने बताए । ‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन ।
संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,’ लामिछानेको प्रतिबद्धता छ । तर, यी सबै काम अघि बढाउँदै गर्दा सुशासनको वेग भने नरोकिने उनको भनाइ छ ।