काठमाण्डू, १९ चैत– कांग्रेसको संसदीय दलको बैठक जारी छ । कांग्रेसले संसद्को हिउँदे अधिशनबारे अहिले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्य निर्वाचितहरूको संयुक्त बैठक गरेको हो ।
प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि सुरु हुँदै छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ । त्यसअघि कांग्रेसले आफ्ना सांसदहरूसँग छलफल गरेको हो ।