यात्रु तानातान गर्ने ४८ जना पक्राउ

काठमाण्डु टुडे २०८२ चैत १९ गते ११:३२ मा प्रकाशित

काठमाण्डू, १९ चैत– यात्रुलाई तानातान गरेको आरोपमा ४८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालीमाटी र मातहतले बल्खु क्षेत्रबाट १९ जना, कलंकीबाट २४ जना प्रहरी प्रभाग गोंगबुले नयाँ बसपार्कबाट ५ जनालाई पक्राउ गरेको हो ।

उपत्यकाका विभिन्न ठाउँहरुका बस टिकट काउन्टरमा काम थर्ने व्यक्तिहरुले बस तथा सुमो चढी उपत्यका बाहिर जान लागेका यात्रुलाई अनावश्यक रुपमा तानातान गरेको गुनासोपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि अभद्रको कसुरमा अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us