काठमाण्डू, १५ चैत- सरकारले कक्षा ५ सम्मका विद्यार्थीको परीक्षा नलिने तयारी गरेको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ ।
कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने घोषणा कार्यसूचीमा छ ।
कार्यसूचीमा विद्यार्थीलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्यांकन प्रणालीको विकल्प तयार पारिने भनिएको छ ।