काठमाण्डू, १५ चैत- सरकारले ६० दिनभित्र राजनीतिक दल आबद्ध विद्यार्थी संगठन खारेज गर्ने भएको छ ।
मन्त्रिपरिषदको शुक्रबार बसेको पहिलो बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीमा उक्त विषय उल्लेख छ ।
कार्यसूचीमार्फत् ६० दिनभित्र विद्यालयरविश्वविद्यालयबाट दलीय विद्यार्थी संचरना हटाउने भनिएको छ ।
शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न ६० दिनभित्र विद्यालय\विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संचना हटाई ९० दिनभित्र विद्यार्थी काउन्सिलरभ्वाइस अफ स्टुडेन्ट संयन्त्र विकास गर्ने कार्यसूचीमा छ ।