एमाले नेता मल्ल बलात्कार आरोपमा पक्राउ

काठमाण्डु टुडे २०८२ चैत १४ गते १५:५८ मा प्रकाशित

काठमाण्डू, १४ चैत– संविधानसभा सदस्य एवं एमाले नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

५२ वर्षीय मल्ललाई प्रहरीले ललितपुर महानगरपालिका–१५ बाट शनिबार पक्राउ गरेको हो । ललितपुर प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले मल्ल पक्राउ परेको पुष्टि गरे ।

मुगुको सोरु गाउँपालिका–१० का मल्ल काठमाण्डूको चन्द्रागिरी नगरपालिका–७ मा बस्दै आएका थिए । आफूमाथि बलात्कार गरेको आरोपमा एक महिलाले दिएको जाहेरीका आधारमा मल्ललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us