एमालेले निर्वाचन आयोगमा बुझायो समानुपातिकको सूची

काठमाण्डु टुडे २०८२ चैत १ गते १६:४४ मा प्रकाशित

काठमाण्डू, १ चैत– एमालेले समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ । हिजो (शनिबार) बसेको एमाले सचिवालय बैठकले समानुपातिकतर्फ चयन हुने १६ जनाको सांसदको नाम टुंगो लगाएको थियो ।

एमाले नेता निरज आचार्यसहितका नेताहरूले आज निर्वाचन आयोगमा पुगे ती नामसहितको सूची बुझाएका हुन् । निर्वाचन आयोगले आजसम्मका डेट लाइन दिएर दलहरूलाई समानुपातिक सूची बुझाउन अनुरोध गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us