खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८२ चैत १ गते १६:३९ मा प्रकाशित

काठमाण्डू, १ चैत– उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बेलका नगरपालिका–२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान प्रदेश १–०४०० १ त १३३२ नम्बरको ट्याक्टर बानडाँडा क्षेत्रमा खेत जोत्न जाने क्रममा गिदेरी खोलाको उकोलोमा पल्टिएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ट्याक्टर चालक बेलका–२ बानडाँडाका १८ वर्षीय सोकिन्दर चन्द्रवंशीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिएका छन ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रामपुरको टोली घटनस्थल पुगेर मृतकको शवलाई पोष्टमार्टमका लागि सुनसरीको धरानस्थित बिपी मेमोरियल अस्पताल पठाएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us