एक–दुई दिनमै बैठक बसेर निर्वाचनको समीक्षा गर्छौंः कांग्रेस

काठमाण्डु टुडे २०८२ चैत १ गते १६:३१ मा प्रकाशित

काठमाण्डू, १ चैत– कांग्रेसले यही हप्ताभित्र फेरि अर्को बैठक बसेर गत २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्ने तयारी गरेको छ । आज (आइतबार) कांग्रेसको केन्द्रीय कार्यलय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो ।

उक्त बैठकले समानुपातिकतर्फ निर्वाचित हुने २० जना सांसदहरूको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ । तर, निर्वाचनको समीक्षा भने अर्को बैठकमा मात्रै गरिने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी गराए ।

उनले भने, ‘समानुपातिक सिफारिस गर्ने आज अन्तिम दिन हो । आज यसलाई सक्छौं । यहि हप्तामा हामी निर्वाचनको समीक्षा पनि गर्छौं, ‘एक दुई दिनभित्रमा फेरि बैठक बस्छौं ।

सबै विषयहरू त्यहीँ छलफल हुन्छ ।’पार्टीले निर्वाचनको बारेमा वृहत छलफल गर्ने र त्यसपछि मात्रै धारणा बनाउने प्रवक्ता चालिसेले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us