काठमाण्डू, १ चैत– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
सरकारलाई जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझाएपछि बसेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो । उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन । प्रतिवेदन पूर्ण सार्वजनिक गर्न भन्दै दबाब बढिरहेको छ ।