लोकप्रियतावाद र अराजकतावाद राजनीतिक स्थायित्वका लागि चुनौतीः एमाले महासचिव पोखरेल

काठमाण्डु टुडे २०८२ फागुन २१ गते ८:३९ मा प्रकाशित

काठमाण्डू, २१ फागुन– एमाले महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकतावाद मुलुकको राजनीतिक स्थायित्वका लागि चुनौतीका रूपमा रहेको बताएका छन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानपछि पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । महासचिव पोखरेलले भने, ‘लोकतन्त्रलाई सही दिशा प्रदान गर्नेछ भन्ने विश्वासका साथ मैले मतदान गरेको छु, यतिबेला हाम्रो समाजमा देखा परिरहेको पपुलिजम र एनार्किजम नेपालको राजनीतिक स्थायित्वको चुनौतीका रूपमा रहेको छ ।’

यसपटककै निर्वाचनका माध्यमबाट सबै चिजको समाधान हुन्छ भन्ने कुराको सुनिश्चितता नभए पनि निर्वाचनले सही बाटो समात्ने र भविश्यमा लोकतन्त्रले स्थायित्वको आधार प्राप्त गर्ने उनले बताए ।

महासचिव पोखरेलले नेपालका प्रमुख राजनीतिक दलहरू नै निर्वाचनबाट मुख्य शक्तिका रूपमा स्थापित हुने कुरामा कुनै सन्देह नभएको पनि जिकिर गरे ।

‘नेपालका प्रमुख राजनीतिक दलहरू जो विचारधाराको जगमा उभिएका छन् उनीहरू नै मुख्य शक्तिका रुपमा स्थापित हुने कुरामा कुनै सन्देह छैन,’ पोखरेलले भने, ‘मुलुकलाई अराजकतातर्फ, विध्वंशतर्फ लिएर जाने कुरा मुलुकको दीर्घकालीन हितमा हुँदैन भन्ने कुरा नेपाली जनताले महसुस गरेको देखिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us