काठमाण्डू, २१ फागुन– एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले बाराबाट मतदान गरेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिका–४ औराहा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट श्रेष्ठले पहिलो मतदान गरेका हुन् श्रेष्ठ बारा–४ का निवर्तमान सांसद हुन् ।
२०७९ को निर्वाचनमा उम्मेदवार बन्दा उनी तनहुँको मतदाता रहेका थिए ।