काठमाण्डू, २१ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपली कम्युनिष्ट पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन । चितवन– ३ अन्तर्गत भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट प्रचण्डले मतदान गरेका हुन् ।
यो क्षेत्रमा उनकी छोरी भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार छन् । उनले आफैंलाई भने मत दिन पाएनन् । प्रचण्ड रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।