काठमाण्डू, २१ फागुन– पूर्व उपप्रधान एवं गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मतदान गरेका छन । रवि लामिछानेले काठमाण्डू– ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका हुन् ।
रवि चितवन–२ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसाली सकेपछि उनले मतपेटिकामा ढोगेका थिए ।